आइतवार, बैशाख २३, २०८१

आसन्न निर्वाचनमा एमालेले मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्ने

काठमाडौं भाद्र ७,
नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले आसन्न संघ र प्रदेशसभा निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनैतिक दलसंग चुनावी तालमेल गर्ने नितिगत निर्णय गरेको छ ।
बैठकपछि एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले दिनुभएको जानकारी अनुसार नेकपा एमले मुलुकमा सुशासन कायम गर्न र राष्ट्रियताको पहेरेदार दल भएकै कारण विद्यमान जुनसुकै चुनातीको सामाना गर्दै चुनावमा होममिन्छ । यद्यपी यसवीचमा जो–जोसँग एजेण्डा मिल्छ सोही पार्टीसँग चुनावी तालमेल समेत गर्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै आजको बैठकले भाद्र १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची पहिचान गर्दै केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष केपी ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन माथि आवश्यक बहस सहित केन्द्रीय समितिको बैठक पछि सो प्रतिवेदनमा उल्लेख गठबन्धन सरकारले गरेका गलत क्रियाकलाप र मुद्धालाइ जनतामाझ चुनावी एजेन्दाको रुपमा उठान गर्ने तयारी समेत गरेको छ।

त्यस्तै आजको बैठकले तेस्रो केन्द्रीय कमिटीले गरेका निर्णयको अनुमोदन संगै पार्टीको वार्षिक बजेट अनुमोदन , प्रादेशिक संगठनको अवस्थाको रिपोर्टिङ र पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्मा क्रमस कुलभक्त शाक्य, गेभी नेपाली र नवराज पौडेललाई मनोनयन र विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ ।