आइतवार, बैशाख २३, २०८१

काठमाडौं उपत्यकामा कोभिड सक्रिय सङक्रमितको सख्या २६ सय नाघ्यो

काठमाडौं भाद्र ७,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पछिल्लो २४ घण्टामा थप छ सय ३४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । २ हजार ७५७ जनाको पिसिआर र २ हजार १९२ को एन्टिजेन परिक्षण गर्ने क्रममा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको जानकारी दिएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा ४ सय १७ कोरोना सङ्क्रमणमुक्त हुनुको अलावा एकजना संक्रमितको मृत्यु भएको जानकारी संगै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार दुई सय २१ रहेको जनाएको छ ।

त्यस्तै कोभिड संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९४ पुगेको छ भने पछिल्लो समय आइसियु ५२ र भेन्टिलेटरमा ३ जना सङ्क्रमितको उपचार भइरहेको जानकारी दिएको छ।

साथै कुल संक्रिय संक्रमित मध्ये उपत्यकाका ३ जिल्लामा क्रमस काठमाडौमा १ हजार ८सय ७९, ललितपुर छ सय ८८ र भक्तपुरमा ६१ गरि कुल २६२८ जना सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।