आइतवार, बैशाख २३, २०८१

देशभर आंशिकदेखि बदलीसंगै मेघ गर्जन सहित वर्षाको सम्भावना

काठमाडौं भाद्र ७,
जल तथा मौसम विज्ञान विभाग आज देशभर आंशिकदेखि बदलीसंगै केही स्थानमा मेघगर्जन÷चट्याङसहितको वर्षाको सम्भावना औल्याएको छ। विभागका अनुसार आज प्रदेश नं १, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै भू–भागमा सकेत मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना औल्याएको हो ।

साथै विभागले मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको जनाउँदै आगामी २४ घण्टा प्रदेश नं १, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै भू–भागमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना बढ्दो रहेको जनाएको छ ।

साथै यसवीचमा यी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिमको संभावना संगै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएका कारण आवश्यक सर्तकता अपनाउँन अनुरोध गरेको छ । त्यस्तैगरि रातको समयमा समेत मधेश प्रदेशमा पनि बदलीसंगै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।