आइतवार, बैशाख २३, २०८१

संसद बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौं भाद्र ७,
आज बस्ने संसद बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग [तेस्रो संशोधन] विधेयक, २०७९’ प्रस्तुत हुने कार्यसूची संसद सचिवालयले जनाएकोछ ।

सचिवालयले जारी सूचनामा आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले सो विधेयक प्रस्तुत गर्नुहुने संसद्को सम्भावित कार्यसूची रहेको उल्लेख रहेको छ ।

त्यस्तै बैठकको अर्को कार्यसूचीमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग [तेस्रो संशोधन] विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।