बिहिबार, बैशाख २०, २०८१

मधेस प्रदेशका तत्कालीन प्रदेश सचिव भुसाल सहित आठ जनाविरुद्ध मुद्धा दायर

प्रदेश नं. २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम साइकल खरिद प्रकरण १० करोड ३३ लाख रुपियाँको आर्थिक हिनामिना

काठमाडौ साउन १९ ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं. २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा गर्ने मधेस प्रदेशका तत्कालीन सचिवसहित आठ जनाविरुद्ध बुधवार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

आयोगले दायर गरेको मुद्धामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यामप्रसाद भुसाल, चिफ डिभिजन इन्जिनियर भगवान् झा [मूल्याङ्कनकर्ता], सह लेखापाल राजाराम मण्डल, भण्डार शाखा प्रमुख स्वार्थ महतो, भण्डार शाखाका खरिदार मोहनकुमार दास, ओम सत्य साई प्रालिका प्रबन्ध निर्देशक रेनु अग्रवाल, अधिकृत आठौँ तहका सुरेन्द्रकुमार कर्ण र उपसचिव दिलीपकुमार प्रधान रहेका छन ।

त्यस्तै आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गर्नुभएको विज्ञप्तिमा मुद्धा दायर गरिएका आरोपीहरुले साइकल आपूर्तिकर्ताको आपसी मिलेमतोमा गुणस्तरहीन छात्रा साइकल खरिद गर्ने वातावरण तय गर्दै १० करोड ३३ लाख रुपियाँ प्रदेश सरकारको नोक्सानी गरेको अनुसन्धानको क्रममा पुष्टि भएको ठहर गर्दै आयोगले संलग्न सबैलाई बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरेको छ।