शुक्रबार, बैशाख २१, २०८१

आज आज मन्त्रिपरिषद्को बैठक बस्दै , संघ र प्रदेश निर्वाचनको औपचारिक मिति घोषणा हुने

काठमाडौ साउन १९ ,
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक वोलाउनु भएको छ । दिउँसो १ बजे बस्ने आजको मप बैठकले मुलत आगामी मंसिर ४ गते संघ र प्रदेश निर्वाचनको मिति औपचारिक घोषणा गर्ने तयार रहेको बुझिएको छ ।

बुधवार सत्ता गठबन्धन दलका शिर्ष नेतृत्वको बैठकले प्रतिनिधिसभा र प्रदेश निर्वाचनका लागि आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न् गर्ने गरि निर्वाचनको मिति प्रति नितिगत सहमति कायम गरेको हो ।

त्यस्तै सत्ता गठबन्धनका शीर्ष नेताबीचको छलफलले तय गरे अनुरुप आज सरकारले निर्वाचनको मिति औपचारिक रुपमा घोषणाका लागि मप बैठक वोलाउनुभएको नेपाली काँग्रेस सम्वद्ध एक वरिष्ठ नेताले जानकारी दिनभयो ।