शनिबार, बैशाख ८, २०८१

मन्त्रिपरिषद् बैठक : मंसिर ४ गते संघ र प्रदेश सभाको निर्वाचन गर्ने सरकारको औपचारिक घोषणा

काठमाडौं साउन १९ ,

आज बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते आइतबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।

आयोगले निर्वाचनको लागि घोषणा भएको मितिले करिव १ सय २० दिनको अन्तर हुने गरि मिति घोषणा गर्न सरकारलाइ सिफारिस गरे पनि सरकारले सरकारले १ सय सात दिनको अवधि राखेर निर्वाचनको मिति घोषणा गरेको हो ।

त्यस्तै सरकारले निर्वाचनको घोषणा गर्ने विषयमा बुधवार सत्ता गठबन्धन दलको बैठकबाट भएको निर्णय अनुरुप आज औपचारिक मिति घोषणा गरेको हो ।