सोमवार, बैशाख २४, २०८१

नगद लुटपाट गरी भाग्दै गरेको अवस्थामा दुई जना लुटेरा पक्राउ

काठमाडौं साउन ११,
नेपालप्रहरीको बानेश्वर वृत्तले काठमाडौं महानगरपालिका-३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका-९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान  पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ललितपुर सातदोबाटो बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-४ घर भएका २८ वर्षीय दिनेश थापा र ललितपुर ईमाडोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका २६ वर्षीय विक्रम तामाङ रहेको जनाएको छ ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीको सिलसिलामासाउदी अरबबाट फर्किएका ती पुरुष बसमा एयरपोर्टदेखि ललितपुर एकान्तकुनासम्म जाने क्रममा सोही बसमा सवार अपरिचित ५ जनाको समुहले नगद लुटपाट गरी तीनकुनेगैरीगाउँमा झरेर भाग्दै गरेको अवस्थामा प्रहरीले लुटपाटगरेको उक्त नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएँदै घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।