मङ्लबार, बैशाख २५, २०८१

उपत्यकाका २७६ सहित ५६४ जनामा कोभिड सङ्क्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं साउन ११,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकाका २७६ सहित कुल ५६४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयले चार हजार ४५४ जनामा कोभिड परिक्षण गर्नेक्रममा पीसीआर तर्फ ४१८ र १ हजार ६७६ जनाको एन्टीजेन परीक्षण गर्दा १४६ जना गरि उल्लेखित सख्यामा सङ्क्रमितको पहिचान भएको जनाएको छ । ज्ञात रहोस, मन्त्रालयका अनुसार काठमाडौंमा २१८ ललितपुरमा ४१ र भक्तपुरमा १७ संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा २०२ जना सङ्क्रमणमुक्त भएका छन् भने यसवीचमा १ जनाको मृत्यु भएको छ । त्यस्ते सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९२९ पुगेको मन्त्रालयले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930