शनिबार, बैशाख २२, २०८१

नक्कली कागजात बनाउँदै जग्गा किर्ते गरी ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं असार ५ ,

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता बनाएर कीर्तिपुर नगरपालिका–२ स्थित कित्ता नं ३४४ को ११ आना दुई पैसा जग्गा बिक्री गरेको अभियोगमा पाँचजनालाई पक्राउ गरेको छ।

प्क्राउ पर्नेमा दार्चुला मालिकार्जुन गाउँपालिका घर भई काठमाडौं टोखा नगरपालिका बस्ने ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भई हाल ललितपुर सुनाकोठी बस्ने ४१ वर्षीय गणेश बहादुर खनाल, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका(२ भंगाल बस्ने ४० वर्षीय बाबुराम कार्की, नुवाकोट तारकेश्वर गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका(१६ बनस्थली बोहराटार बस्ने ४६ वर्षीय प्रेम प्रसाद खनाल र काठमाडौं तारकेश्वर नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने ५८ वर्षीय ममता भन्ने डासी माया श्रेष्ठ रहेका छन ।

केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ परेका अभियुक्तहरुले विगत २४ वर्षदेखि जापानमा बसोबास गर्ने शान्ता देवी लोहनीको किर्ते मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाणितको प्रमाणपत्र, निजको श्रीमान् तारानिधि लोहनीको नामको नक्कली नागरिकताको प्रमाणपत्र लगायतका किर्ते कागजातहरु बनाईभक्तपुर नगरपालिका-११ बस्ने सुनिता कर्माचार्यलाई ३ करोड ७० लाख रुपैयाँ विक्री गरेको जनाएको  छ।

त्यस्तै प्रहरीले उक्त जग्गा हालसम्म पाँच जनाका नाममा बिक्री वितरण भइसकेको ब्यूरोले जनाएको छ । उक्त जग्गाको मूल्य हाल रु ७ करोड बराबर रहेको जानकारी दिएको छ। साथै प्रहरीले पक्राउ परेका विभिन्न व्यक्तिका नाममा जारी गरिएका नक्कली नागरिकता चार थान, नक्कली तारानिधि लोहनीका नाममा जग्गाधनी प्रमाण पुर्जा एक थान, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जाको प्रतिलिपि सात थान, विभिन्न व्यक्तिको पासपोर्ट साइजका फोटो ६० थान समेत बरामद गरेको जनाएको छ ।