शनिबार, बैशाख २२, २०८१

प्रहरी महानिरीक्षक प्रकरण हेर्दाहेर्दैमा, अन्तिम सुनवाइ असार १३ मा

 काठमाडौं असार ५ ,
नेपाल प्रहरीका महानिरीक्षक पदको बढुवा प्रकरणको निर्णयविरुद्ध परेकोे रिट निवेदन उपर आज अन्तिम सुनवाइ हुने मिति तय भएपनि बहस नसकिएपछि सर्वोच्चले प्रस्तुत प्रकरणको सुनवाइ हेर्दाहेर्दै राखेको छ।
प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा कुमार चुडालको संयुक्त इजालसमा भएको प्रस्तुत मुद्धाको सुनवाइको क्रममा पक्षको बहस नै नसकिएको हुनाले हेर्दाहेर्दैमा राखिएको हो ।
स्मरण रहोस नेपाल प्रहरीका् सर्वोच्च पद महानिरीक्षकमा मन्त्रिपरिषद् बैठकले सिंहलाई वैशाख १८ मा नियुक्त गर्न गरेको निर्णयविरुद्ध प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको हो ।