शुक्रबार, बैशाख २१, २०८१

प्रधानमन्त्री देउवा रसत्ता साझेदार तीन दलवीच एसपीपी केन्द्रीत विशेष छलफलको तयारी

काठमाडौँ असार ५
सत्ता साझेदार तीन दलका शीर्ष नेतावीच पछिल्लो समय चर्चाको चुलीमा रहेको अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम [एसपीपी] केन्द्रीत छलफल हुने भएको छ। प्रस्तावित एजेन्दामा प्रधानमन्त्री शेरबहादुर देउवासंग माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विशेष छलफल गर्न लागको हो ।

समाचार स्रोतका अनुसार प्रम देउवा गठबन्धन दलका हिर्ष नेतृत्ववीच हुने आजको छलफलमा प्रधानमन्त्री देउवालाई एसपीपी खारेजी र श्वेतपत्र जारी गर्न आग्रह गर्दै एसपीपी वा कुनै पनि सैन्य साझेदारीसँग जोडिएका सम्झौता नगर्ने भनेर जनतामाझ स्पष्ट पार्न सत्ता साझेदार दलले दबाब दिने तयारी रहेको बुझिएको छ ।

नेपाल र अमेरिकाबीच एसपीपी सहमतिका लागि एमाले अध्यक्ष केपी ओली मुलुकको प्रधानमन्त्री रहेको समयमा तत्कालीन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई लेखेको पत्र बाहिरिएसंगै गठबन्धन दलका नेताले प्रम देउवालाइ आज यस्तो आग्रह गर्न लागेको थाहा भएको छ।

यद्यपी प्रधानमन्त्री देउवाले प्रतिनिधि सभा बैठक लगायतका सार्वजनिक फोरममा नेपालले कुनै पनि मुलुकसंग एसपीपी लगायतका अन्य सहमति र सम्झौता नगर्ने यसअघिनै सार्वजनिक जनाउ दिइसक्नुभएको छ ।