शनिबार, बैशाख २२, २०८१

आज महानगर नगरसभाको ११औँ अधिवेशन बस्दै

महानगरको नीति तथा कार्यक्रम आज सार्वजनिक ,बजेट असार १०मा

काठमाडौँ असार ५
काठमाडौं महानगरपालिकाले आज आफ्नो नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । आइतबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगपालिकाले जनाएको छ ।

यसअघि नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि गठित तीन सदस्यीय समितिले तयार पारेको महानगरको नीति तथा कार्यक्रम कार्यपालिका बैठक मार्फत अनुमोदनको तयारी भइरहेको महानगरका अभिकारीहरुले जनाएके छ। तयस्तै महानगरको आगामी आवको वार्षिक बजेट भने १० असारमा ल्याउने तयारी गरेको छ ।

महानगरमा निर्वाचित संरचना अन्र्तगत १९ जना वडाध्यक्ष नेपाली कांग्रेस, १२ जना वडाध्यक्ष जितेको नेकपा एमाले र एउटा वडाध्यक्ष जितेको एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएको हो । ष्हि संरचनामा केन्द्रीत हुँदै महानगरको पनि नीति कार्यक्रम समेत तय भएको बुझिएको छ।