शुक्रबार, बैशाख २१, २०८१

गोलाप्रथाबाट भक्तपुर जिससको प्रमुख र उपप्रमुख निर्वाचित

 काठमाडौं जेठ २८,
जिसस भक्तपुरको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेसजिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी निर्वाचित भएका छन् । जिससको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका जनार्दन खड्कासँग बराबर मत भएपछि गोलाप्रथामा थापालाइ निर्वाचित घोषण गरिएको हो ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसकी सुजाता बाडे निर्वाचित हुनुभएको छ । उहाँले पनि गोलाप्रथामा एमालेका रामकेशरी श्रेष्ठलाई पराजित गनुृ भएको हो ।

भक्तपुरमा जिससको पदाधिकारी चयनका लागि आठ मत रहेको छ । जसमध्ये एमालेको ३ , कांग्रेसको २ , माओवादी केन्द्रको १ र नेपाल मजदुर किसान पार्टीको २ मत रहेको छ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका कारण जिससमा निर्णायक बनेको नेमकिपाले कुनै दलसँग तालमेल नगरेका कारण कांग्रेस र एमालेको मत बराबर भएसंगै निर्णयका लागि गोलाप्रथा गरिएको हो ।