शुक्रबार, बैशाख २१, २०८१

पृथ्वीराजमार्गमा पहिरो प्रकोप :भासिएको सडक एकतर्फी सञ्चालनमा

काठमाडौं जेठ २८,
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ । सडक भासिएको ठाउँको कुनापट्टि भित्ता खन्ने काम शुरु भएसंगै राजमार्गमा हुँदे आएको सवारीको अवरुद्धता खुलेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँले अवरुद्ध सडक सुचारु गर्नका लागि सडक भासिएको ठाउँको कुनापट्टि भित्ता खन्ने कामलाइ तिव्रता दिदै एकतर्फीरूपमा सवारी सञ्चालन गराइएको जानकारी दिएको छ। यद्यपी रात्रीको समयमा हुन सक्ने थप जोखिमलाइ दृष्टिष्गत गर्दै
सवारी सञ्चालनको लागि समयसिमा निर्धारण गरिएको जानकारी दिदै प्रहरीले सवीचमा एकतर्फी सवारी सञ्चालन हुँदा पृथ्वीराजमार्गमा यातायातका चाप बढ्दो रहेको कतिपय सथानमा जाम समेत हुने गरेको जानकारीदिएका छन ।