बुधबार, बैशाख १२, २०८१

हाइटेन्सन तारमा चढेका विकको ६ घण्टापछि हेलिकप्टर मार्फत उद्धार

नुवाकोट जेठ २८,
परिवारसँग झगडा संगै मानसिक सन्तुलन समेत सन्तुलित नभएक विद्युत पोलमा चढेका ४४ वर्षका माइला विकको ६ घण्टापछि हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
नुवाकोटको ककनी गाउँपालिकाको हाइटेन्सन लाइनको तारमा हिडेका उनको ६ घण्टापछि उद्दार गरिएको हो । माइला बिहान करिब ११ बजेतिर स्थानीयले विक बिजुलीको पोलमा चढेको जानकारी पाएका थिए।

उनी विद्युतको तारमा रहेको थाहा पाएपछि माथिल्लो त्रिशुली थ्री ए र साना जलविद्युत आयोजनाको प्रसारणलाइनमा विद्युत् प्रवाह बन्द गरिएको थियो।

प्रहरी र स्थानीय बासिन्दाले उनलाई बिहानैदेखी सकुसल तल झार्न अनेक प्रयास गर्दा पनि विकले मानेका थिएनन्। उनलाई बिशेष सावधानीका साथ हेलिकप्टर मार्फत तल झारीएको प्रहरीले जनाएके छ।