शुक्रबार, बैशाख १४, २०८१

इन्द्रायणी मन्दिरबाट चोरिएका मूर्तिहरू सहित खड्का र मगर पक्राउ

काठमाडौं वैशाख ६,

नागार्जुन नगरपालिका स्थित इन्द्रायणी मन्दिरबाट सोमबार बिहान चोरिएका मूर्तिहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का र धादिङ धुनीवेशी नगरपालिका९४ घर भएका ५६ वर्षीय कान्छा मगर रहेको प्रहरीले जनाएको छ।

मन्दिरबाट चोरीएका सामानहरु बोकी हिँडिरहेको भन्ने सूचना प्राप्त भएसंगै प्रहरी बृत्त स्वयम्भूको टोली खड्कालाई चोरीका मूर्ति लगायतका सामानहरु लुकाई छिपाई लैजादै गरेको अवस्थामा पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उक्त मूर्तिहरु इन्द्रायणी मन्दिरबाट कान्छा मगर समेतको मिलेमतोमा चोरी गरेको खुल्न आएपछि कान्छा मगरलाई समेत काठमाडौं महानगरपालिका९१५ सितापाइला प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।

त्यस्तै प्रहरीले उनीहरूको साथबाट तामाको कलश ३ थान, अर्ग १ थान, पित्तलको सानो घण्टी १ थान, सेतो शंङ्ख १ थान, माटोको गणेशको मूर्ति १ थान, शिवलिङ्ग २ थान, सिल्भरको शिव, पार्वती र गणेशको मूर्ति २ थान, किटको शिव, पार्वती र गणेशको मूर्ति १ थान, श्रीकृष्णको मूर्ति १ थान, शिवको मूर्ति १ थान र दुर्गा माताको मूर्ति १ थान प्रहरीले बरामद गरेको जनाउदै चोरी तथा डाँका कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको जनाएको छ ।