सोमवार, बैशाख २४, २०८१

४७६ नयाँ कोभिड सङ्क्रमित थपिदै गर्दा ३ को मृत्यु

काठमाडौं फागुन १०,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा ४७६ कोभिड सङ्क्रमित थपिएको जनाएको छ । छ हजार ६०४ को पीसीआर परीक्षण तथा दुई हजार ८२० को एन्टिजेन परीक्षण गर्दा क्रमशः २९९ र १७७ गरी कूल ४७६ मा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा ८३१ जना संक्रमित सङ्क्रमणमुक्त भएको थप ३ जनाको मृत्यु भएको जनाएको छ। साथै मन्त्रायले आज पुष्टि भएको मृतकसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२८ पुगेको जनाएको छ भने देशभर कोभिडका सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ७४७ रहेको जानकारी दिएको छ।