बिहिबार, बैशाख २७, २०८१

कोभिड जोखिमका कारण रोकिएको काँग्रेस १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने

काठमाडौं माघ २८,
पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमका कारण रोकिएको नेपाली कांग्रेसको सम्पन्न हुन बाँकी १६ जिल्लाको जिल्ला अधिवेशन फागुन १३ गते सम्पन्न गर्ने कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले निर्णय  गरेको  छ ।

यसअघि यी जिल्लाको अधिवेशन माघ १५ गते गर्ने निर्णय गरिएको थियो तर यसवीचमा कोभिडको जोखिम बढेसंगै अधिवेशन स्थगन गरिएको थियो ।

निर्वाचन समतिले बाँकी जिल्ला अधिवेशन सम्पन्न गर्ने क्रममा कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड अपनाएर अधिवेशन गर्ने तयारी संगै महाधिवेशन प्रतिनिधिबाट महासमिति सदस्यको निर्वाचन समेत गरिने जनाएको    छ।

काँग्रेसको जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लामा क्रमस सप्तरी, सिराहा, धनुषा, महोत्तरी सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर बाँके, कैलाली र अछाम रहेको छ ।