मङ्लबार, बैशाख २५, २०८१

काँग्रेस ,माओवादी र एमालेका शिर्ष नेतृत्ववीच प्रम निवास वालुवाटारमा महत्वपूर्ण छलफल हुँदै

सत्तारुढ दललाई एमसीसी बोर्डको जवाफी पत्र लेखिएको के छ पत्रमा  ? [पत्रसहित]

काठमाडौं माघ २३,
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको छ ।

३ दलका शिर्ष नृतृत्ववीच आसन्न स्थानीय तहको निर्वाचन, अमेरिकी एमसीसी सम्झौता लगायतका बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठकमा बोलाउँदासमेत सहभागी नभएका एमाले अध्यक्ष ओली शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ओली पहिलो पटक बालुवाटार पुगेका हुन् । यसअघि ओली बालुवाटार गएका थिएनन् ।

यसैवीच प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले अमेरिकाको वासिङ्टन डिसीस्थित मिलेनियम च्यालेन्ज कर्पोरेसन बोर्डलाई पत्र पठाएको पत्रको पाँच महिनापछि बोर्डले जवाफी पत्र पठाएको छ । प्रधानमन्त्री देउवा र प्रचण्डलाई सम्बोधन गर्दै पठाएको जवाफी पत्रमा अमेरिकाले एमसीसी संसद्बाट पारित गर्नका लागि आगामी फेब्रुअरी २८ अर्थात् फागुन १६ सम्मको ‘डेडलाइन’ तोक्दै छलफल सहित एमसीसी पारित गर्न एमसीसीले पत्रमा आग्रह गरेको छ ।

फेब्रुअरी २८ भित्र एमसीसी पारित नभए आगामी मार्चमा बस्ने एमसीसी बोर्डको बैठकले यसको निरन्तरताबारे नयाँ सोच बनाउने उल्लेख गर्दै एमसीसी संसद्बाट पारित नभएको खण्डमा ५ सय मिलियन डलर बराबरको अनुदान सहयोगलाई खारेजी संगै नेपालसँग एमसीसीको सहकार्य अन्त्य हुने पत्रमा उल्लेख गरिएको छ।

त्यस्ते पत्रमा एमसीसी सहयोग लिने नलिने नेपालको सार्वभौम अधिकार भएको उल्लेख गर्दै नेपालको दिगो विकासको लागि हामी नेपाल सकारसँगको सहकार्यलाई महत्त्व दिँदै आगामी दिनमा पनि नेपाल र नेपाली जनताका लागि आर्थिक अवसरहरू सिर्जन गर्नका लागि सँगै काम गर्न इच्छुक छौँ,’ पत्रमा भनिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031