सोमवार, बैशाख २४, २०८१

एमाले संसदीय दलको बैठक: एमसीसीबारे एकीकृत धारणा ल्याउन सत्तारुढ गठबन्धनलाई एमालेको आग्रह

काठमाडौ फागुन २ ,
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको आज बसेको संसदीय दलको बैठकले एमसीसीबारे एकीकृत धारणा ल्याउन सत्तारुढ गठबन्धनलाई आग्रह गरेको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी ओलीले एमसीसीबारे सत्तारुढ गठबन्धनले एकीकृत धारणा ल्याउनुपर्ने बताएका हुन् ।

‘बैठक पछि प्रमुख सचेतक विशाल भट्टराईले संचारकर्मीलाइ प्रतिक्रिया दिने क्रममा अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै ‘गठबन्धनको एकीकृत धारणा नआउँदासम्म एमाले पर्ख र हेरको अवस्थामा बस्ने रणनिति अख्तियार गर्ने बताउनुभयो ।

साथै पछिल्लो समय एमसीसीका बारेमा सत्तारुढ गठबन्धन आवद्ध दलकै फरक फरक धारणा रहेको भन्दै एमालेले अहिले नै एमसीसीबारे आफ्नो पार्टी स्पष्ट धारणा नल्याउने बताए।

त्यस्तै सर्वोच्च्का कामु प्रधानन्यायाधीश दीपककुमार कार्की सहित चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी भएपनि त्यस विषयमा संसदीय दलको बैठक मौन रहे ।

यसअघि आजको बैठकले महाअभियोग प्रस्तावका लागि सांसदहरुको हस्ताक्षर संकलन गर्ने त्यसपछि महाअभियोग प्रस्ताव दर्ता हुने एमाले सम्वद्ध स्रोतले जनाएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031