मङ्लबार, बैशाख २५, २०८१

एमसीसी सम्झौताको विषयमा व्याप्त अनेन भ्रमविरुद्ध काँग्रेसले देशव्यापी अभियान सञ्चालन गर्ने

काठमाडौ फागुन २ ,
नेपाली कांग्रेसले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन[एमसीसी] को पक्षमा देशव्यापी अभियान चलाउने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौताको विषयमा जनमानसमा व्याप्त अनेन भ्रमविरुद्धको देशव्यापी अभियान सञ्चालन गर्ने तयारी भएको जानकारी दिनुभएको हो ।

साथै उहाँले एमसीसीलाई जरी नियोजित रुपमा विवादास्पद बनाइएको छ त्यो भ्रम चिर्नुको विकल्प नभएको भन्दै अव बस्ने संसद बैठकमार्फत एमसीसी पास गर्न कांग्रेस पूर्ण रुपमा लाग्ने बताए।

एमसीसीको विरोधमा सत्तासझेदार सडकमा निस्केको बेला कांग्रेसले त्यसका पक्षमा सडक जाने भन्दै प्रवक्ता महतले भने मोहि माग्ने ढुङ्ग्रो लुकाउने काम कसैले पनि गर्न नहुने बताए । गत माघ २७ गतेदेखि जारी काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको जारी बैठक फागुन ३ गते मंगलबार बस्ने छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031