मङ्लबार, बैशाख २५, २०८१

उपत्यकामा ४ सय ६३ जना नयाँ संक्रमित थपिए

काठमाडौं माघ २२ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पछिल्लो २४ घण्टामा पुष्टि भएका १ हजार ७१४ जनामा सङ्क्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ६३ जना नयाँ संक्रमित थपिएको जनाएको छ । जसमध्ये काठमाडौंका ३१६, भक्तपुरका ४३ र ललितपुरका १०४ जना रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको डेटा अनुसार आज पुष्टि भएका कोभिड संक्रमित संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख ९९ हजार ३ सय ३ पुगेको छ । त्यस्ते आज उपचार पछि डिस्चार्ज भएका संक्रमतिको सख्या संगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६ हजार ३९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १७ सय १४ जनामा कोभिड१९को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोभिडबाट संक्रमित हुनेको संख्या १० लाख ९९ हजार ३ सय ३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ७१ जना कोभिडको संक्रमणबाट मुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६ हजार ३९ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा थप ९ जनाको कोभिड को संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोभिडको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ८८ हजार ४ सय ४० मात्रा खोप लगाइएसंगै नेपालमा हालसम्म कोभिड विद्धको खोप लगाउनेको सख्या ३ करोड ३८ लाख २६ हजार ३ सय ३ पुगेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031