शनिबार, बैशाख २२, २०८१

सहमति बिना कुनै प्रकारको तस्बिर वा भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं माघ १३ ,

गृह मन्त्रालयले आज एक सूचनामार्फत सम्बन्धित व्यक्तिको अनुमति बिना तस्बिर खिचेर वा ‘भिडियो’ बनाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । गृहको तर्फबाट जारी प्रस्तुत सूचनामा अब सम्बन्धीत व्यक्तिको सहमति बिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न र यसरी खिचिएको भिडियो वा तस्वीर सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने उल्लेख गरिएको छ। Remove featured image

त्यस्तै सार्वजनिक स्थलमा ख्याल ठट्टाका नाममा गोप्य रूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो आएपछि यस्तो निर्णय भएको उल्लेख गर्दै मन्त्रालयका सहसचिव एव प्रवक्ता फणिन्द्रमणि पोखरेलद्दारा हस्ताक्षरित जारी सूचनामा यस किसिमका कार्यले समाजमा अनावश्यक वादविवाद र समाजिक सद्भाव एव शान्तिसव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभावसंगै व्यक्तिको गोनियता प्रतिष्ठामासमेत असर परेको उल्लेख गरिएको छ ।

सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि र दिक्दार लगाउने जस्तो क्रियाकलाप नगर्न समेत मन्त्रालयले सम्बद्ध सबैलाई सचेत समेत गराएको छ ।