शुक्रबार, बैशाख १४, २०८१

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सात वटै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं मंसिर १७,
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सात वटै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार मतदाता नामावली प्रकाशन भइसकेको जानकारी दिदै शुक्रवार उम्मेदवारले मनोनयन दर्ता गर्ने र शनिवार शनिबार नयाँ नेतृत्वको लागि मतदान हुने जनाएको छ ।

मुलुक संघीयता गएपछि कांग्रेसको पहिलो प्रदेश कार्यसमिति गठनका लागि हुन लागेको प्रस्तुत प्रदेश सभा निर्वाचनमा १६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रदेश नेतृत्व चयनका लागि मतदान गर्न पाउँने जानकारी निर्वाचन समितिले दिएको छ।

विहिवार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गर्नुभएको थियो ।