शुक्रबार, बैशाख १४, २०८१

कांग्रेसको महाधिवेशन: दुई महामन्त्री पदका लागि १० जना आकांक्षी

काठमाडौं मंसिर २३,
शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नजिकिँदै गर्दा कांग्रेस केन्द्रीय नेतृत्व चयनका लागि संस्थापन इतरले सभापतिकै साझा उम्मेदवार तय गर्न नसकिरहेका बेला सभापति शेरबहादुर देउवालाई पदाधिकारीमा आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ ।

संस्थापन पक्षलाई सबैभन्दा धेरै सकस महामन्त्रीको उम्मेदवार टुंग्याउन परेको छ । महामन्त्री कांग्रेसको आगामी नेतृत्वको समेत प्रत्यासी रहने कार्यकारी पद भएकाले अधिकांश नेताहरुले आकांक्षा राखेका हुन् ।

पछिल्लो समय दुई जना निर्वाचित हुन महामन्त्री पदमा पाँच गुणा आकांक्षी देखिएका छन् । संस्थापनबाट बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की , पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्दीय सदस्यहरु एनपी साउद, रमेश लेखक प्रदिप पौडेलले पनि महामन्त्रीमा दाबेदारी पेस गरिसकेका छन् ।

त्यस्तै संस्थापन इतर समूहबाट डा।मिनेन्द्र रिजाल १३औँ महाधिवेशनमा सोही पदमा उठेर पराजित भएका गगन थापा धनराज गुरुङ लगायतले पनि महामन्त्री हुने आकांक्षा व्यक्त गरेका छन् ।