शुक्रबार, बैशाख १४, २०८१

आज जनप्रिय स्वर्गीय राजा बीरेन्द्रको ७७औंजन्म जयन्ती मनाइदै

काठमाडौ पुस १४,
आज पौष १४ अर्थात जनप्रिय स्वर्गीय राजा बीरेन्द्रको ७७औंजन्म जयन्ती । विकासवादी र लोकतान्त्रिक राजाका रुपमा स्मरण गर्दै स्व राजा विरेन्द्रको स्मरण सहित आज बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ ।

नेपाली जनताबीच निकै प्रिय राजाका रुपमा स्थापित तत्कालिन राजा बिरेन्द्रको २०५८ साल जेठ १९ गतेको शुक्रबार नारायणहिटी दरवारभित्र भएको अकल्पनीय दरवारहत्याकाण्डको क्रममा सिङ्गो परिवारको हत्या भएको थियो ।

वीरेन्द्रको बंशनाश भएसंगै नेपालबाट करीव २ सय ५० वर्षदेखिको शाहबंशीय राजतन्त्रनै समाप्त गर्दै नेपालमा गणतन्त्रको स्थापना गरिएको थियो। स्वस् राजा वीरेन्द्रको जन्मजयन्तीका अवसरमा ललितपुरको जाउलाखेलमा रहेको उनको सालिकमा फूलमाला अर्पण र दीपावली कार्यक्रमको आयोजना गरिने कार्यक्रम रहेको थाहा भएको छ।