आइतवार, बैशाख २३, २०८१

घरजग्गा/सम्पत्ति कर तिर्न सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने अन्तिम तयारी

नाम सार्वजनिक गरिएका ५ ठूला करदाताबाट १ करोड ५३ लाख कर असुली, सम्पर्कमा आएकामध्ये बल्र्ड ट्रेड सेन्टरले बुझायो १ करोड रुपैया

कर नतिर्ने करदाता सूची :  वडा १४ – आदर कम्प्लेक्स   , कृषि सामाग्री संस्थान र एल.आर.आइ स्कूल
वडा १५ मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल
वडा ३ कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल
वडा ४ -देवेन्द्र श्रेष्ठ 
वडा २२-आरबी कम्प्लेक्स
वडा २४ -सुरज आर्केट
वडा २९-शुभश्री कोअपरेटिभ लिमिटेड
वडा २८-काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट 
वडा ३० -गोपालजी प्रपर्टिज प्रा .लि 

काठमाडौं साउन १७,
काठमाडौँ महानगरको राजस्व विभागले गत असार १६ गते पहिलो चरणमा घरजग्गा/सम्पत्ति कर नतिर्ने व्यापारिक प्रतिष्ठानको नाम सहितको कालो सूची सार्वजनिक गरेको एक महिना पनि सार्वजनिक कालो सूचीमा नाम समावेस भएका करदातामध्ये अधिकांश सम्पर्कमा आएको महानगरले जनाएको छ ।
महानगर राजस्व विभागका अनुसार सम्पर्कमा आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन् भने केहीले विवरण पेश गरेका छन् । त्यस्तै केहीले विवरण पेश गर्ने समय माग गरेका छन् । साथै यसरी सम्पर्कमा आएका मध्ये ४ वटा व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा आजसम्ममा १ करोड ५३ लाख रुपैयाँ राजस्व बुझाएको जानकारी विभागले दिएको छ ।

विभागका अनुसार कर बुझाउनेमध्ये सबैभन्दा धेरै युनाइटेड विल्डर्र्स एण्ड इञ्जिनियरिङ् ९बल्र्ड टे«ड सेन्टर० ले आज १ करोड रुपैयाँ बुझाएको छ । यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले आउँदो २० दिनभित्र सम्पत्तिको मुल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजस्व विभागमा निवेदन दिएको जनाएको छ।

त्यस्तै आइतवार मात्रै वडा न स्थित १४ को नेशनल हस्पिटलले २४ लाख रुपैयाँ, वडा १४ कै सहिद मेमोरियल हस्पिटलले १९ लाख २० हजार रुपैयाँ दाखिला गरेको जानकारी दिएका छन् । साथै नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लवले १० लाख रुपैयाँ दाखिला गरेर बाँकी रकम तिर्ने प्रतिवद्धता जनाएको छ । आजै वडा ३० को स्टार मलले सम्पत्तिको विवरण पेश गरेको छ भने वडा १३ को काठमाडौँ इञ्जिनियरिङ् कलेजले १० दिनभित्र विवरण पेश गर्ने समय माग गरेको महानगरले जनाएको छ ।

आजसम्ममा अधिकांश सम्पर्कमा आए पनि केही अझै पनि आएका छैनन् । सम्पर्कमा आउनेहरुले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएका छौँ । नआउनेहरुलाई विभागले कडाइका साथ कानुनी कारवाही अगाडि बढाउने तयारी गरेको जनाउदै अवको चरणमा सम्पर्कमा आउने र नआउनेको सूची तयार गर्दै सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँने भएको छ ।

विभागका विभागीय अधिकारीका अनुसार आज सम्पर्कमा आएकाबाहेक वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, वडा १३ को नेपाल रेडक्रस सोसाइटीले अहिलेसम्म कहिल्यै सम्पत्ति तथा घरजग्गा सम्बन्धी विवरण नै नबुझाएको जानकारी दिदै घरजग्गा सम्बन्धि विवरण नबुझाउने अन्य ठूला करदातामा क्रमस वडा १४ का आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान र एल आरआइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् । यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रा. लि.रहेको जानकारी समेत विभागले दिएको छ।