आइतवार, बैशाख २३, २०८१

२ हजार ५६८ जनामा सङ्क्रमण पुष्टि , सङ्क्रमणका कारण १८ को मृत्यु

काठमाडौं साउन १७ ,
वितेको २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ८ हजार ४०२ जनाको पिसिआर परीक्षणको क्रममा १ हजार ९८१ र ४ हजार २३४ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ५८७ जना गरि कुल २ हजार ५६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार २० जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जानकारी दिनुको अलावा सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको जानकारी दिएकोछ । त्यस्तै आज पुष्टि भएका संक्रमितको मृत्युसंगै मृतकको सख्या ९ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको    छ ।