आइतवार, बैशाख २३, २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक: सोमवार सरकारमा सहभागी हुने थप मन्त्रीको नाम छनौट गर्ने

काठमाडौं साउन १७ ,

नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले सरकारको विस्तार संगै गठबन्धन दलको कामलाई व्यवस्थित बनाउन आवश्यक पहलकद्मी लिने निर्णय गरेको छ ।

बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ले दिएको जानकारी अनुसार साउन ३० भित्र देशभरका पार्टी वडा कमिटीलाई अद्यावधिक गर्न निर्देशन दिनुको अलावा ३० गतेदेखि केन्द्रीय कमिटी बैठकबस्ने जानकारी दिनुको अलावा त्यसलगत्तै केन्द्रीय समितिको बैठक शुरु गर्ने निर्णय भएको जानकारी दिनु भएको छ।

साथै उहाँले आज प्रत्रियायागत रुपमा निरुपण नभएका विषयमा थप निर्णय गर्नका लागि सोमवार अपरान्ह पुन स्थायी कमिटीको बैठक बस्ने जानकारीदिदै बैठकले सरकारमा सहभागी हुने थप मन्त्रीको नाम छनौट गर्ने जानकारी दिनुभयो । त्यस्तै गरि आजको बैठकले दार्चुलामा भएको तुइन घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्दै माओवादी केन्द्र सहित जसपा  र  माधवकुमार नेपाल पक्षको निर्णय आएसंगै एकाध दिनमा मन्त्री परिषद विस्तार हुने बताउनुभयो ।