मङ्लबार, बैशाख २५, २०८१

ज्ञानमाला भजनलाइ अक्षय कोष प्रयोजनका लागि महानगरले दियो २० लाख अनुदान

काठमाडौँ साउन ९,
काठमाडौँ महानगरले ज्ञानमाला भजन खल स्वयम्भूको अक्षय कोष प्रयोजार्थ २० लाख रुपैयाँ सहयोग गरेको छ । शनिवार विहान भजन खलमा पुगेर महानगर प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकमको चेक खलका अध्यक्ष तीर्थनारायण श्रेष्ठसहितका पदाधिकारीहरुलाई हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा वोल्दै प्रमसख शाक्यले महानगर भित्र रहेका मुर्त वा अमुर्त सम्पदाको संरक्षण महानगरको दायित्वको विषय भएको बताउदै यसको लागि महानगरले विशेष निति सहित कार्य सम्पादन गर्दै आएको जानकारी दिनुभयो । यसैक्रममा सम्पदाको मर्मत, सम्भार वा जीर्णोद्धारको लागि प्राप्त सुनसकै प्रस्ताव स्वीकार गरिएको बताउनुभयो ।साथै उहाँले ज्ञान बाँडेर बढ्छ भन्ने तथ्यलाइ आत्मासात गर्दै बुद्धवाणीलाई भजनलाइ नेपाल भाषामा मात्र सीमित नराखी अन्य मातृभाषा, भाषामा समेत अनुवाद गरेर अन्य समूहमा पु¥याउन सुझाव दिनुभयो ।

त्यस अवसरमा प्रमुख शाक्यले रामघाटका देवकाजी महर्जन परिवारले २ लाख ३४ हजार लागतमा तयारगरि भजन घरलाइ हस्तान्तरण गर्नु भएको बुद्धको मूर्ति अनावरण गर्नुभएको भयो ।  कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, खलका अध्यक्ष तीर्थ नारायण महर्जन, उपाध्यक्ष पूर्णकाजी ज्यापू लगायतले वोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु