शुक्रबार, बैशाख १४, २०८१

चीन सरकारबाट अनुदानमा प्राप्त ८ लाख डोज खोप आज काठमाडौं आइपुग्ने

काठमाडौ चैत १६ ,

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड सवरुद्धको खोप लगायतका स्वास्थ्य सामाग्री आज काठमाडौं आइपुग्दैछ । स्वास्थ्य मन्त्रालयले चीन सरकारबाट अनुदानमा प्राप्त खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाएको छ ।

त्यस्तै प्राप्त आठ लाख डोज खोप डब्लुएचओ’को निर्णयपछि मात्र खोप लगाउन शुरु गर्ने तयारी स्वास्थ्य मन्त्रालयको तयारी रहेको जानकारीदिदै उक्त खोप कुन समूह र कहाँका व्यक्तिलाई लगाउने भन्ने निर्णय भैसनकेको मन्त्रालयको जनाएको छ ।