शुक्रबार, बैशाख १४, २०८१

छोरी कुट्दै बुहारी तर्साउने योजना सफलभएसंगै अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत

काठमाडौं पुस १,
प्रधानमन्त्री ओलीले मंगलवार सवैधानिक परिषदको मौजुदा संरचनामा परिवर्तनका लागि सवैधानिक परिषदको काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी[पहिलो संशोधन] अध्यादेश जारी गर्दै आफु विरुद्ध खनिएका कार्यकारी अध्यक्षलाइ साइजमा ल्याउन अध्यादेशको परिपञ्च रचेको   राजनैतिक पण्डितहरुले बताएका छन ।

राजनैतिक पण्डिहरुका अनुसार सत्तारुढदल नेकपाको आजका लागि पूर्व निर्धारित स्थायी कमिटीको बैठकअघि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको दुई पटक छलफल हुुनु अनि छलफलको क्रममा प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष ओलीले मंगलवार जारी अध्यादेश फिर्ता लिने र सचिवालय बैठकमा आफु विरुद्ध लक्षित प्रचण्ड प्रतिवेदन अर्का कार्यकारी अध्यक्ष प्रचण्डले फिर्ता गर्ने सहमति गर्दै स्थायी कमिटीको बैठकमा समेत सहभागी भएको पक्षलाइ विश्लेषण गर्दै प्रम ओलीले अध्यादेशको मदतबाटबाट सचिवालय बैठकबाट स्थायी समितिमा पुगेको आफु विरुद्ध लक्षित सवै खालका कुण्ठालाइ  निस्तेज पार्ने हतकण्डा अपनाएको दावी गरेका  छन ।

हुन पनि एकातर्फ अध्यादेशको हतियार प्रयोग गर्दै अझ भनौ छोरी कुट्दै बुहारी तर्साउने योजना अनुरुप प्रम ओलीले अध्यादेश फिर्ता गर्ने हो भने पार्टीगत बैठकमा दर्ता भएका दुवै प्रतिवेदन फिर्ता गर्ने शर्त राख्न् मुलुकको विधानको सौदाजावी भएको  विश्लेषकहरुको दावी रहेको छ । होइन भने प्रधानमन्त्री केपी ओलीले पार्टी गत बैठकमा दर्ता भएको प्रतिवेदन फिर्ता गरे संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत हुन र यो   सहमतिसँगै प्रधानमन्त्री ओलीको उपस्थितिमा बालुवाटारमा स्थायी कमिटी बैठक सुरु हुनुले प्रस्तुत तथ्यलाइ प्रष्ट पारेको बताएका छन ।