मङ्लबार, बैशाख १८, २०८१

निर्वाचन पछि संविधान कार्यान्वयनको बाटो खुल्ने महासंघको विश्वास

 काठमाडौं मंसिर  १९,  मंसिर २१ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले  संक्रमणकालको विधिवत अन्त्य भई संविधानसभाबाट जारी भएको संविधान पूर्ण कार्यान्वयनको बाटो खुल्ने विश्वास  नेपाल पत्रकार महासंघले लिएको छ ।

महासंघका महासचिव रमेश विष्टले  मंगलबार एक विज्ञप्ति जारी गर्दै  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासनका पक्षधर आमनेपाली सञ्चारकर्मीहरूको तर्फबाट निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहितढंगबाट सम्पन्न होस भन्ने शुभकामना व्यक्त गरेका छन् ।  निर्वाचनको बेला मुलुकमा प्रेस  अवस्था बुझ्न सातवटै प्रदेशमा महासंघले अनुगमन टोली पठाई अध्ययन सम्पन्न गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।  यस्तै  निर्वाचनको समयमा आमसञ्चारकर्मीहरूलाई निर्वाधढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण तयार गर्न आग्रह समेत महासंघले गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।