देशलाई समृद्धिको बाटोमा लैजाने जिम्मेवारी पूरा गर्नेका
लागि आफु लगायत देशैभरबाट काँग्रेसका उम्मेदवारलाइ निर्वाचित गराउँन अपिल
काठमाडौ कार्तिक ३०, नेपाली काँग्रेसका पूर्व महामन्त्री नेता एवं काठमाडौ क्षेत्र नं .१ प्रतिनिधिसभा उम्मेदवार प्रकाशमान सिंहले आफ्नो क्षेत्रलाई नमूना निर्वाचन क्षेत्र बनाउँने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको छ ।
चुनावी प्रचार प्रशारको क्रममा आयोजित घरदैलो क्रममा काठमाडौको महानगरपालिका वडा २९ जागृति नगरका मतदाता समक्ष नेता सिंहले आफ्नो क्षेत्रको मात्र नभई सिंगो काठमाडौँलाई स्वच्छ र सफा राख्दै सांस्कृतिक पर्यटनलाई अगाडि बढाउने आफ्नो आफ्नो योजना रहेको बताउँदै उहाँले मुलुकको हरेक राजनीतिक परिवर्तनमा काँग्रेसले जुन भूमिका खेल्दै आएको छ त्यस्तैगरि देशको समृद्धिका लागि पनि काँग्रेसले आफ्नो नेतृत्वमा कामगर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
पहिलो र दास्रो संविधानसभाको निर्वाचनमा क्षेत्र १ बाट निर्वाचित हुनुभएका नेता सिंहले कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा उहाँले कम्युनिष्ट पार्टीले पटक पटक सरकारको नेतृत्व गर्दासमेत संविधान जारी गर्न नसकेको प्रसंग उल्लेख गर्दै काँग्रेसकै नेतृत्वमा संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्दै लोकतन्त्र संस्थागत गर्न आवश्यक रहेको भन्दै अब देशलाई समृद्धिको बाटोमा लैजाने जिम्मेवारी पूरा गर्नेका लागि आफु लगायत देशैभरबाट काँग्रेसका उम्मेदवारलाइ निर्वाचित गराउँनु पर्ने बताउँनु भएको छ ।