शुक्रबार, बैशाख १४, २०८१

कांग्रेस संसदीय समितिको बैठक: ३२ जिल्लाका लागि उम्मेदवार छनौटअन्तिम चरणमा

काठमाडौं कार्तिक २, नेपाली काँग्रेसले आसन्न मंसिर १० गते हुने पहिलो चरणको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन अन्र्तगत मंसिर ५ गते मनोनयनको मिति तोकिएका ३२ जिल्लाका लागि उम्मेदावर छनौट कार्यलाइ तिव्रता दिएको छ ।

यसको लागि आज बिहानैदेखि कांग्रेस संसदीय समितिको बैठक बसिरहेको सम्वद्ध स्रोतले जनाएको छ । समाचार स्रोतका अनुसार मंसिर १० गते निर्वाचन हुनेमध्ये नुवाकोट १ मा डा. रामशरण महत, २ मा अर्जुननरसिंह केसी, धादिङ २ मा दिलमान पाख्रिन, ओखलढुंगामा रामहरि खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको बुझिएको छ ।

यर्सैवीच पार्टी सभापति शेरबहादुर देउवा डडेल्धुरा, रामचन्द्र पौडेल तनहुँ १, बिमलेन्द्र निधि धनुषा ३, प्रकाशमान सिंह काठमाडौं १ र डा। प्रकाशशारण महतलाई काठमाडौं ५ मा उम्मेदवार बनाउने निर्णय भएको छ भने स्याङ्जा–१ मा गोपालमान श्रेष्ठ, सुनसरीबाट विजयकुमार गच्छादार, ज्ञानेन्द्र बहादुर कार्की उम्मेदवार बन्ने लगभग पक्का भएको छ ।