बुधबार, बैशाख २६, २०८१

बहुविवाहको मुद्दामा निर्वाचित वडासदस्य कारागार चलान

काठमाडौ भाद्र १६ पोखरा–लेखनाथ महानगरपालिका–८ कम कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका वडा सदस्य पुष्पराज सिग्देल बिहीबार कारागार चलान गरिएका छन् ।  बहुविवाहको मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएका उनी फरार सूचीमा थिए । सिग्देल आफैं अदालत उपस्थित भएका हुन् ।

उनी वैशाखमा भएको स्थानीय निर्वाचनमा वडा सदस्य चुनिएका थिए । तहसिलदार भोलाराज रेग्मीले सिग्देल निवेदनसहित आफैं अदालतमा आएपछि कारागार पठाइएको बताए । फैसलाको झण्डै १६ वर्ष पुग्दा पनि पोखरा–८ सिमलचौरका सिग्देललाई प्रहरीले पक्रेको थिएन ।

कैद र जरिवाना: जेठी पत्नी सुशीलाको जाहेरीपछि कास्की जिल्ला अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले २०५८ पुस १० मा सिग्देललाई एक महिना कैद र १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।  फैसलापछि जरिवाना रकम धरौटीबाट असुलउपर भएको थियो भने चार दिन हिरासतमा बसेकाले २६ दिन कैद असुल हुन बाँकी रहेको अदालतलमइउदृत गर्दै आजको कान्तिपुरमा खबर रहेको छ। 

कानुनले के भन्छ ?   अब उनको पद के हुने भन्ने विषयमा अन्योल देखिएको छ । निर्वाचन आयोगका कानुन हेर्ने उपसचिव कृष्ण खनालले निर्वाचित भइसकेको अवस्थामा आयोगले केही गर्न नसक्ने बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031