आइतवार, बैशाख २३, २०८१

मृत्युसंस्कारको पाँच दिने विधि पद्धती सार्वजनिक

मृत्युसंस्कार अर्थात काजकिरिया अवधिलाई शास्त्रसम्मत घटाउने विकल्प प्रस्तुत

काठमाडौ मार्ग १२ , संस्कार सुधार समाज नेपालले अन्तिम संस्कार विधि लामो भएको भन्दै त्यसलाई ५ दिनमा झार्नुपर्ने जनाएको छ । काजकिरियालाई समय antim_sanskarसान्दर्भिक बनाउनुपर्छ भनेर अभियानमा लागेको समाजले शनिबार पाँच दिने अन्त्य पद्धती पुस्तक सार्वजनिक गर्दै काजकिरिया अवधिलाई शास्त्रसम्मत घटाउने विकल्प प्रस्तुत गरेको हो ।  ‘मृत्यु संस्कार सुधार हो हाम्रो संकल्प, दस दिनको ठाउँमा तीन दिने विकल्प’ नाराका साथ लागेको समाजले काजकिरिया अवधि पाँच दिनमा झार्नुपर्ने अभियानलाई देशब्यापी बनाइरहेको आजको अन्नपूर्णमा समाचार छ ।

पारसमिण पोखरेल र रुद्रप्रसाद आचार्यले तयार पारेको उक्त कृतिमा १० दिनसम्म गर्नुपर्ने कार तीन दिनमा तथा ११ औं र १२ औं दिनका काम क्रमश चार र पाँच दिनमा कसरी गर्ने भन्ने प्रस्टाइएको छ । मृत्युसंस्कारको सरलीकृत अवधारणा, दसदान तथा गोदान विधि र पाँचदिने पद्धतिअनुसार कियरयाकर्म गर्ने गराउने विषय त्यमा समेटिएको छ ।