शुक्रबार, बैशाख २१, २०८१

मधुमेह दिवसको अवसरमा प्रभात फेरी

काठमाडौं कार्तिक ३० , विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब ईन्टरनेशनल, डिष्ट्रिक ३२५ वि १ नेपाल अन्र्तगत रहेका लायन्स क्लब अफ बालाजु, काठमाडौ विशाल बजार, काठमाडौ पिस आइज, काठमाडौ दरबारमार्ग, काठमाडौ मेरिगोल्ड, काठमाडौ वसन्तपुर दरबार स्क्वायर, काठमाडौ पिंगलास्थान, काठमाडौ ग्रीनभ्याली, काठमाडौ गौरीशंकर, काठमाडौ स्वनिग, काठमाडौ नेपालय, काठमाडौ प्रयासनगर, काठमाडौ युनाईटेड सिटी, म्याग्दी, नागढुंगा, लायन्स img_9412क्लब अफ बालाजु युथ लियो तथा नेशनल बाथरोग सेन्टरद्दारा सयुक्त रुपमा विभिन्न कार्यक्रमको आयोजना मनाएका छन ।

मधुमेह नियन्त्रणको लागि जनचेतना अभिवृद्दिका गर्ने लक्ष्य सहित लायन्स क्लब ईन्टरनेशनल, डिष्ट्रिक ३२५ वि १ ले राजधानीको बसन्तपुरमा सोमवार लायन्स डिष्ट्रिक ३२५ नेपालका पूर्व मल्टिपल चेयरपर्सन लायन कयामुदिन तथा पूर्व गर्भनरहरु लायन गौतममान श्रेष्ठ, लायन विष्णु श्रेष्ठ, लायन युक्त प्रसाद श्रेष्ठ, लायन विजु बज्राचार्य, लायन भूगोल शेरचनले सयुक्त रुपमा प्रभातफेरीको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा ३सय जना लायन्स तथा स्थानीयको सहभागी रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै प्राप्त समाचारमा प्रभातफेरी स्थानीय यटखा, नरदेवी, क्षेत्रपाटी, नघल, असन, क्षेत्रको परिक्रमा गर्दै चेतनामूलक पर्चा पर्चा पम्प्लेट वितरण गर्नुको अलावा सहभागीलाई ग्लुकोमिटर १ थान तथा सम्पूर्ण सहभागीलाई लायन्स अन्तर्राष्टियबाट प्राप्त प्रमाण पत्र तथा पिन वितरण गर्दै वसन्तपुरमा पुगेर समापन गरिएको लायन मणिश्री रत्न बज्राचाले जानकारी दिनु भएको छ ।