बुधबार, जेष्ठ ९, २०८१

नेपालको ३ दिेने राजकीय भ्रमणमा आउँनुभएका भारतीय राष्ट्रपति मुखर्जी स्वदेश फिर्ता

काठमाडौ कात्तिक १९,  राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको ३ दिेने राजकीय भ्रमणमा आउँनु भएका भारतका राष्ट्रपति प्रणव मुखर्जी pranab-mukherjee-1140निर्धारित ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।

राष्ट्रपति मुखर्जी भारतीय वायुसेनाको विशेष विमानबाट आज अपराह्न ५ः३५ बजे स्वदेश फर्कनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गर्नुभएको प्राप्त् समाचारमा उल्लेख गरिएको छ ।

विदाइ समाहरोमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा लगायत संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, राजदूतलगायत उच्च सरकारी अधिकारी उपस्थित रहेको थियो ।  यसअघि राष्ट्रपति मुखर्जीले काठमाडौँको पशुपतिनाथ र जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजा गर्नुको अलावा उच्चस्तरीय राजनैतीक भेटघाट गर्नाका साथै उहाँलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन ग्रहण गर्नु भएको थियो ।  राष्ट्रपति मुखर्जीले स्वदेश प्रस्थान गर्नुअघि आज उहाँले पोखरा भ्रमण गरी त्यहाँ आयोजित भारतीय पेन्सन क्याम्पको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।