शनिबार, जेष्ठ ५, २०८१

हिन्दू महासम्मेलनद्धारा पारित काठमाडौं घोषणा पत्र कार्यान्वयनको लागि आवश्यक भूमिका निर्वाह गर्छु : अध्यक्ष सिंह

anup_20161026_15काठमाडौ कार्तिक १०, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षको् लागि भएको निर्वाचनबाट महासंघको विधानत व्यवस्था अनुरुप महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा anup_20161026_6 anup_20161026_14 anup_20161026_16निर्विरोध निर्वाचित हुनु भएका जनरल भरत केशर सिंहले विश्व हिन्दू महासंघमा परिसरमा आज एक कार्यक्रमकावीच विधिवत अध्यक्षको् पदभार ग्रहण गर्नु भएको छ ।

पदभार ग्रहण गर्दै अध्यक्ष सिंहले हालै राजधानीमा सम्पन्न विश्व हिन्दू महासङ्घको अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलनद्धारा जारी काठमाडौं घोषणा पत्रको कार्यान्वयनको लागि आवश्यक भूमिका निर्वाह गर्नुको अलावा विश्वमा सनातन वैदिक संस्कृति तथा हिन्दू सभ्यताको प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

स्मरण रहोस महासम्मेलनले अविलम्ब मुलुकलाइ हिन्दू राष्ट्र घोषणा गर्न सरकार तथा अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउँनुको अलावा नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएयता विश्वमा गौवंश संरक्षित नभएको तथ्यलाई मनन गर्दै गौवंश संरक्षणका लागि प्रभावकारी अभियान चलाउने लगायतका ४ बुँदे प्रस्ताव पारित गरेको थियो ।