शुक्रबार, बैशाख १४, २०८१

निषेधाज्ञा अवधिभर ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहित गरिने

काठमाडौं जेठ ४ ,
कोभिड संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको जरिवाना वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था मिलाउने पनि राष्ट्र बैंकले जनाएको छ ।

यस्तै अक्सिजनसँग सम्बन्धित उद्योगलेऋण सहुलियत पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु वर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षा गर्दै स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट , अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा आधार दरमा नै कर्जा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिदै निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहित गरिने जनाकोछ ।

साथै अव उपरान्त संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च हुने रकमलाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर र भ्याक्सिन खरिदमा प्रयोग गर्नुपर्ने व्यवस्था समेत लिलाइन केन्द्रीय बैकले जाएको छ। त्यस्तै लिक्विड अक्सिजन प्लान्टका लागि ५० करोड तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनर्कर्जा उपलब्ध गराइने भएको छ।