बिहिबार, बैशाख २७, २०८१

कांग्रेसले प्रम ओलीको स्वच्छेचारी र अधिनायक कदमविरुद्ध पुस १३ गते देशब्यापी प्रदर्शन गर्ने

काठमाडौं पुस ९,
प्रधानमन्त्री केपी ओलीको प्रस्ताव मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार प्रतिनिधि सभा विघटन गर्ने जस्तो गरेको  गैर संवैधानिक कदम विरुद्ध नेपाली कांग्रेसले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आज पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय समितिको बैठकले प्रम ओलीको स्वच्छेचारी र अधिनायक कदमविरुद्ध आगामी  पुस १३ गते देशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न निर्णय गरेको हो ।

बैठक पछि जारी विज्ञप्तिमा १ सय ६५ निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्य समितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय भएको उल्लेख गरिएकोछ ।  त्यस्तै प्रम ओलीको कदम विरुद्ध पार्टीको आधिकारिक धारणा तय गर्न मंगलबारदेखि जारी केन्द्रीय समिति बैठकमा
बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय असंवैधानिक भएकाले राजनीतिक रुपमा प्रतिबाद गर्नुपर्ने धारणा अभिव्यक्त गरेको छ । त्यस्तै आजको बैठकमा उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरु  प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले आ–आफ्नो धारणा  राख्नु भएको थियो । बैठक पौष १० गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।