शुक्रबार, बैशाख १४, २०८१

प्रदेश न ५ को नामाकरण र स्थायी राजधानी कायम गर्ने प्रस्तावमा आज प्रदेशसभामा मतदान हुँदै

स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विपका वाजुद पनि केहि कांग्रेस सासंदले पक्षमा मतदान गर्ने तयारी

काठमाडौं असोज २० ,

५ न प्रदेशको नामाकरण स्थायी राजधानी तोक्नका लागि प्रस्तुत गरिएको प्रस्तावको निर्णनार्थ आज प्रदेशसभामा मतदान हुँदैछ । आज मध्यान्न बस्ने प्रदेश सभा बैठकमा प्रस्तावको विषयत मुद्धामा सासंदहरुले उठाएका प्रश्नको मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिने कार्यसूची समेत रहेको बताइएकोछ ।

प्रदेश सरकारले गत शुक्रबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी कायम गर्दै दर्ता गरेको प्रस्तावमाथिको छलफलको क्रममा प्रतिपक्षीदल र प्रस्ताव उपर असहमति रहेका सत्तापक्षकै सासंद समेत आवाज बुलन्द गरेको थियो । त्यस्तै जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रदेशको नाम थारुहट–अवध–मगरात नामाकरण गर्न माग गर्दै संशोधन प्रस्ताव समेत दर्ता गराएको बुझिएकोछ ।

प्रदेश सभामा कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेको प्रदेश सभामा ६१ सांसद रहेको सत्तारुढ नेकपाको रहेका  छन । प्रस्ताव पास हुनका लागि प्रदेशसभामा रहेका ८७ जना सांसदमध्ये ५८ जनाको मत चाहिन्छ । सबै सांसदले सरकारको प्रस्तावमा मतदान गरेमा राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी स्वत पारित हुनेछ ।

यसैवीच प्रतिपक्षीदल नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ ।यद्यपी केन्द्री ह्विप विपरित काँग्रेसका दाङ र बाँके क्षेत्रकाट प्रतिनिधीत्व गर्ने केहि सासदले प्रदेश सरकारको प्रस्तावको पक्षमा मतदान गर्ने तयारी गरेको बुझिएको छ।