बुधबार, बैशाख २६, २०८१

उपत्यकामा  थप १ हजार ४१६ जनामा कोभिड संक्रमण

काठमाडौ असोज २५,
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप १ हजार ४१६ जनामा कोभिड संक्रमण देखिएको छ । यसमध्ये काठमाडौमा १ हजार १४५ , भक्तपुरमा ११० जना र ललितपुरमा १६१ जना रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै ५ महिला र १७ जना पुरुष गरि कोभिड संक्रमणबाट आज २२ जनाको मृत्यु भएको छ। साथै थप १ हजार ५ सय ५२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन भने आइसीयूमा ३२९ जना र भेन्टीलेटरमा ७६ संक्रमितो उपचार भइरहेको मन्त्तालयले जनाएको छ।