काठमाडौ मङसिर ७ , १८औं शिखर सम्मेलनका अवसरमा काठमाडौँ आउने पाहुनालाई महानगरको सुन्दरता र मौलिकता अनुभूत गराउने तथा वातावरणीय ह्रासलाई सुधार गर्ने उद्देश्यले शनिवार विशेष सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिव, प्रत्येक वडाका वडा नागरिक मञ्चका अध्यक्ष एवम् वडा प्रशासकीय प्रमुख, संयोजक, मञ्चका सबै सदस्य र वडास्थित सङ्घसंस्था, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी टोल सुधार समिति, उपभोक्ता समिति, क्लब र निजामती कर्मचारी तथा संस्थानका कर्मचारीको सहभागिता रहेको थियो ।