सोमवार, बैशाख ३१, २०८१

तराईका २१ जिल्लामा आज होली पर्व मनाइँदै

 काठमाडौं चैत १२ ,

रंगहरुको पर्व होली आज तराईका जिल्लाहरुमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्परा अनुरुप तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, होली पर्व मनाउने गरिन्छ ।

सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रुपमा लिई त्यसैको खुसियालीमा रंग र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता छ ।

होली पर्व मनाउने तराईका २१ जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829