सोमवार, जेष्ठ ७, २०८१

शाखा अधिकृत कार्कीवीरुद्ध तीन करोड २१ लाखको भ्रष्टाचार मुद्दा दायर

  काठमाडौं चैत ८,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीवीरुद्ध तीन करोड २१ लाख ३२ हजार ९५६ रुपियाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।

करार सेवामा कार्यरत अधिकृत कार्कीले गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको हो ।

कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीको छानविनको क्रममा आयोगले निजको सम्पति छानविन गर्दा काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौँ अन्तर्गत बागमतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्ध तथा अतिरिक्त जिम्मेवारीको रूपमा कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शङ्खरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौँ नयाँ सहरी विकास आयोजना, माकलबारीमा खटिई काम गर्नेक्रममा पदीय मर्यादाविपरीतका कारकारवाही गरेको पाइएको हो ।

त्यस्तै आयोगले निजको वैध आम्दानी कुल वैध खर्चको सन्तुलण नमिलेको जनाउँदै तीन करोड एक्काइस लाख बत्तीस हजार नौ सय ५६ रुपैंया पचहत्तर पैसा बराबरको खर्च तथा लगानीृसम्पत्तिे को बैधानिक स्रोत नखुलेपछि निजविरुद्ध मुद्धा दायर गरेको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829