सोमवार, जेष्ठ ७, २०८१

नेकपा एमालेको महानगर वडा न १३ कमिटी गठन

 काठमाडौँ चैत ४,
सत्ता साझेदार दल नेकपा एमालेको काठमाडौं महानगर वडा न १३ कमिटी गठन भएको छ।  करिव दुइ महिना अघिनै कमिटी विस्तारका लागि आव्हान गरिएको वडा अधिवेशनले नितिगत निर्णय गर्न नसक्दा स्थगन गरिएको वडा अधिवेशन शनिवार सम्पन्न भएको हो ।

प्राप्त जानकारी अनुसार पुष्प नारायण मानन्धरको अध्यक्षतमा विस्तार गरिएको समितिको उपाध्यक्ष, सचिव र उपसचिवद्वयमा क्रमस धर्मनारायण महर्जन , रजनी महर्जन, मिलन महर्जन ,निरु महर्जन रहेका छन ।

त्यस्तै समितिका सदस्यहरुमा सानुमैया डंगोल,सावित्री सिटौला मिरा शाक्य, अंजु महर्जन ,दिनेश माकजु ,इन्दिरा आचार्य,सीता गड्तौला खतिवडा,केदारनाथ पाण्डे,ज्ञानु महर्जन र जुरे लाल महर्जन रहेका छन ।

महानगर समितिका इन्चार्ज शिवसुन्दर शिव सुन्दर राज बैधेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा वडा न १३ का वडाध्यक्ष ध्रुव नारायण मानन्धर, वडा सदस्य रामबाबु कोइराला, जिल्ला कमिटी सदस्य रामशरण डंगोल लगायतको उपस्थिती रहेको थियो ।

फोटो सभार: सामाजीक सञ्जाल

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829