सोमवार, जेष्ठ ७, २०८१

चौतर्फी आलोचनापछि संसद् , सिंहदरबार र बालुवाटारको क्षेत्रको सडकपेटीको डोरी हट्यो

काठमाडौं फागुन १७,

चौतर्फी आलोचना भएसंगै प्रहरीले संसद् भवन, सिंहदरबार, बालुवाटारलगायत क्षेत्रका सडकपेटीमा लगाएको डोरी हटाएको छ ।  गत सोमवार लघुवित्तपीडितहरु संसद् भवन प्रवेश गरी नाराबाजी गरेपछि मंगलवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले संसद भवन, सिंहदरबार, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय अगाडिको सडकपेटीबाट हिँड्न निषेध गर्ने र सिंहदरबार प्रवेशका लागि नयाँ मापदण्ड र प्रविधिको प्रयोग गर्ने निर्णय गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठको निर्णयपछि प्रहरीले बैटकले लगत्तै सिंहदरबार र संसद् भवन आसपासमा डोरी टाँगेर सर्वसाधारणलाई पेटीबाट हिँड्न निषेध गरेपछि सर्वसाधारण सडकबाटै हिँड्न बाध्य भएको थियो ।  यसवीचमा नागरिकलाई सडकपेटीमा हिँड्नसमेत प्रतिबन्ध लगाइएको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरीले डोरी हटाइएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031